समाज

ताप्लेजुङको लोदेन क्षेत्र घुम्न गएका एक जनाको मृत्यु

तस्बिर: भिजिट ताप्लेजुङको फेसबुक पेजबाट

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको लोदेन क्षेत्र घुम्न गएका पाँचथरका एक व्यक्तिको मृत्यु भएको छ।  

मृत्यु हुनेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं १ का ४१ बर्षिय टेकराज सिवा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईले सिवासहित ९ जनाको टोली घुम्न गएको र एकजनाको मृत्यु भएको खबर त्यही टोलीका एकजना सदस्यले प्रहरीलाई गराएको जानकारी दिए।

‘फोन हतपत नलाग्न्ने रहेछ,उहाँहरुले डाँडामा चढेर जानकारी गराएको हो भन्नु भएको छ’ बजगाँईले भने। ‘दुःखद् घटना भयो,टेकराज जी अब रहनु भएन’ टेकराजसँगै घुम्न गएका फेडरिक तुम्बापोले भने । पापुङबाट प्रहरी टोली परिचालित भइसकेकोसमेत उनले जानकारी दिए।

समुद्र सतहबाट ४ हजार ३ सय मिटरको उचाईमा रहेको लोदेन उच्च हिमाली क्षेत्रमा रहेको ठाउँ हो । प्राकृतिक मनोरम दृश्य भएको लोदेन क्षेत्रमा पछिल्लो समय थुप्रै मानिसहरु अवलोकनका लागि आउने–जाने गर्छन्।

शवलाई अहिले लाचाको होमस्टेमा राखिएको र प्रहरी टोली पुगेपछि आवश्यक प्रकृया सुरु हुने बताईएको छ ।

प्रकाशित: १५ भाद्र २०८३ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App