खोटाङको बुवाखोलामा बनेको पक्की मोटरेबल पुल सञ्चालनमा आएको छ । जन्तेढुङ गाउँपालिका-१ देविस्थान र बराहपोखरी गाउँपालिका ५ पौवासेराको बीचमा पर्ने बुवाखोलामा निर्मित पुल शनिबार उद्घाटन भएको हो ।
पुलको लम्बाई १ सय ४८ मिटर ४ सेन्टिमिटर र चौडाई ८ मिटर ४ सेन्टिमिटर रहेको पूर्वाधार कार्यालय प्रमुख (इिई) बिनम दाहालले बताए ।
निर्माणको हिसावले यो पुल प्रदेशकै सबभन्दा छिटो बनेको छ । डिई दाहालका अनुसार ०८१ कात्तिक ६ गते सिल्यान्यास भएको पुलको निर्माण अवधि ०८३ कात्तिक ६ गतेसम्म छ । तर, सिल्यान्यास भएको वर्षदिनमै सम्पन्न भई सञ्चालनमा आएको पुल तोकिएको म्यादभन्दा १ वर्ष अघि नै सम्पन्न भएको दाहालले बताए ।
१७ करोड ५८ लाख ६९ हजार रुपैयाँ लागतमा निर्माण भएको पुल समयमै निर्माण गरेपछि निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीलाई पूर्वाधार विकास कार्यालयले सम्मानसमेत गरेको छ ।
प्रकाशित: ७ मंसिर २०८२ १८:३४ आइतबार