समाज

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको नवौं जिल्ला अधिवेशन सुरु

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको नवौं जिल्ला अधिवेशन सदरमुकाम फुङ्लिङमा सुरु भएको छ। ‘लिम्बूवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित सुरु भएको अधिवेशनको चुम्लुङका महासचिव निरन्ती तुम्बापोले उद्घाटन गरिन्।

च्याब्रुङ बाजा बजाएर उद्घाटन गरिएको कार्यक्रममा राजनीतिक दल, जातिय संस्था, लिम्बू विद्यार्थी मञ्च सहितका विभिन्न निकायका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए। 

कार्यक्रममा चुम्लुङका राष्ट्रिय सदस्य निर्मला लिम्बू र बालचन्द्र आङ्बुहाङ, प्रदेश समिति सदस्य मोती पालुङ्वा, इन्दिरा नेयोङहाङ र धिरमाया इजम सहितको उपस्थिति रहेको थियो।

चुम्लुङका जिल्ला सचिव इन्दिरा मेन्याङ्वोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका वक्ताहरुले जिल्ला अधिवेशनमा उपस्थितको संख्या अपेक्षाकृत कम भएको भन्दै यसको समिक्षा हुनुपर्नेमा जोड दिएका थिए। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ।

प्रकाशित: २३ फाल्गुन २०७८ १०:०९ सोमबार

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको नवौं जिल्ला अधिवेशन