समाज

एमसिसी विरुद्ध फुङ्लिङमा बिहीबार पनि प्रदर्शन

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सदरमुकाम फुङलिङमा एमसीसी विरोधमा प्रदर्शन गरिएको हो।  

नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपाल र अखिल क्रान्तिकारी ताप्लेजुङको सयुक्त आयोजनामा एमसिसी विरुद्ध उत्रिएकाहरुले बजार परिक्रमा गरेका थिए। 

एमसीसीविरुद्ध नेकपा एस र उसका भातृ संगठन नेत्रबिक्रम चन्द‘बिप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी,बैज्ञानिक समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी सहित आन्दोलनमा छन्। राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बूवान प्रदेश समितिले बिहीबार १ दिनका लागि प्रदेश १ क्षेत्रमा बन्द समेत आवहन गरेको छ।

प्रकाशित: १२ फाल्गुन २०७८ १०:२६ बिहीबार

एमसिसी बिरुद्ध फुङ्लिङमा बिहीबार पनि प्रदर्शन