समाज

रसुवा बाढीमा खोटाङका ७ जना सम्पर्कविहीन

रसुवा बाढीमा परेर खोटाङका विभिन्न ठाउँका ७ व्यक्ति सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जिल्लाका ऐसेलुखर्क गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई रसुवाक्षेत्रमा विभिन्न पेसामा रहँदै आएका ३३ वर्षीय युवादेखि ६० वर्षीय वृद्धसम्म बाढीमा परेर सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार ऐसेलुखर्क गाउँपालिका ३ लवुवा स्थायी घर रसुवाक्षेत्रमा ट्रेकिङ गाइड गर्दै आएका ३३ वर्षीय यसबहादुर राई, सोही पेसा गर्दै आएका ऐसेलुखर्क ३ लबुवाके यवराज राई सम्पर्कविहीन छन्।

त्यसैगरि ऐसेलुखर्ककै ७ नं. वडाका माक्वालेवा घर भई नुवाकोट होटलमा सुरक्षागार्ड गर्दै आएका ६० वर्षीय तारानाथ थापा र सोही गाउँपालिका ४ का बालकुमार तामाङ पनि बेपत्ता छन्। तामाङ टुरिस्ट गाइडको काम गर्दै आएको डिएसपी बुढाथोकीले बताएका छन्।

त्यसैगरि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ बुईपाका ५३ वर्षीय कवित राई, सोही नगरपालिका ४ का २७ वर्षीय पूर्णबहादुर परियार सम्पर्कविहीन भएका छन्। राई गाडी चालक हुन् भने परियार रसुवाको सुरुङ मार्गभित्र काम गर्दै आएको अवस्थामा सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले हुलियासहित जानकारी आएदेखि नै केन्द्रीय खोजी टोली र उद्धार कार्यमा संलग्न संयन्त्रलाई जानकारी गराएको र आफन्तहरूको टोली पनि खोजी गर्न घटनास्थलतर्फ गएको जनाएको छ। 

प्रकाशित: ११ भाद्र २०८३ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App