समाज

कार्तिक पूर्णिमामा कपिलवस्तुका ७ पालिकाले दिए बिदा

फाइल तस्बिर

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा सोमबार कपिलवस्तुका ७ पालिकाले बिदा दिएका छन्। १० पालिका रहेको कपिलवस्तुमा ७ पालिकाले बिदा दिएको हो।

पूर्णिमा र नाहान मेलाका लागि भन्दै, कृष्णनगर कपिलवस्तु र शिवराज नगरपालिका एवं मायादेवी, शुद्धोदन यशोधरा र वीजयनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।

यस्तै बुद्धभूमी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सन्दीप पाण्डेयले समेत सूचना जारी गर्दै वडामा समेत स्थानीय बिदा दिएका छन्। कार्तिक पूर्णिमाका दिन जिल्लाको १९स्थानमा मेला लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पालिकाहरूले आइतबार सूचना जारी गर्दै पालिकाका सबै कार्यालय र विद्यालय बन्द हुने बताएका छन्। अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द हुने जनाइएको छ।

कार्तिक शुक्ल पूर्णिमाका दिन सदरमुकाम तौलिहवानजिक रामघाटमा ठूलो मेला लाग्ने गर्छ। त्यस्तै लक्ष्मणघाट, सीताघाट, बर्गदीघाट र सन्तघाटमा पनि मेला लाग्ने गर्छ।

तराईमा कार्तिक शुक्ल पूर्णिमालाई ठूलो पर्वका रूपमा मानिन्छ। कपिलवस्तुका १० पालिका मध्ये बुद्धभूमी बाणगंगा र महाराजगन्ज नगरपालिकाले भने बिदा दिएको छैन। 

प्रकाशित: ७ मंसिर २०८३ १७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App