भारतबाट अवैध रुपमा ल्याइदै गरेको सुर्ती, लत्ताकपडा लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । विराटनगर–१२ स्थित बखरीबाट तस्करीका सामानहरू बरामद गरिएको हो । बरामद गरिएका सामानहरूमा २ बोरा सुर्ती, स्वीटर, हाइनेक, ट्राउजर,स्यान्डो भेष्टलगायत रहेका छन् ।
नेपाल –भारत मुख्य नाका बन्द भए पनि चोरबाटो प्रयोग गरेर तस्करी गर्ने क्रम रोकिएको छैन । बरामद भएका सामानहरू मुल भन्सार कार्यालय विराटनगरमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
प्रकाशित: १० पुस २०७७ १०:५८ शुक्रबार