समाज

८४ किलो गाँजासहित दुई पक्राउ

तस्विरः महेश्वर

उदयपुरमा प्रहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। गाँजा किनबेच र बिक्री वितरण भईरहेको सुरकीका आधारमा जिल्ला प्रहरी कर्यालयबाट खटेको विशेष टोलीले जिल्लाको उदयपुरगढी गाउँपालिका ७ ठूलो तिल्केनीस्थित एक स्थानीयको घरबाट गाँजासहित उनीहरुलाई बुधबार विहान नियन्त्रणमा लिएको हो।  

स्थानीय सन्तबहादुर तामाङको घरको बाख्रा खोरमा लुकाई राखेको अवस्थामा ४ वटा बोरामा राखिएको ८४ किलो गाँजा र एकथान खुकुरी बरामद भएको छ। गाँजा र खुकुरीसँगै प्रहरीले ताप्ली गाउँपालिकाका–१ ओख्लेका जयराम भन्ने २९ वर्षीय पुष्पबहाुदर मगर र ताप्ली ३ इनामेका ४३ बर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

ताप्लीबाट गाँजा संकलन गरी बिक्री वितरण गर्न सिराहा सप्तरीतर्फ लाने क्रममा उनीहरु पक्राउ परेको हुनसक्ने अनुमान लगाइएको छ। पहाडी भेगमा उत्पादित गाँजा लुकी चोरी सप्तरी, सिराहा हुँदै भारततर्फ निकासी हुने गरेको पाइए अनुसार प्रहरीले गाउँगाउँमा सुराकी खटाएर यस्ता अवैध क्रियाकलापलाई नियन्त्रण गर्न खोजे अनुरुप सुराकी पाएर अपराधी पक्राउ गरिएको प्रहरी दावी छि।  

अपराधी भाग्ने आशंकाले राति नै सदरमुकामबाट छुटेको प्रहरी टोली विहान ५ बजे घट्नास्थल पुगेर गाँजा र संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ। उनीहरुलाई सदरमुकाम ल्याएर लागू पदार्थ कसुर अअपराधविरुद्ध थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन्। 

प्रकाशित: ११ भाद्र २०७७ १०:५८ बिहीबार