समाज

प्रशासन कार्यालयका कम्प्युटर अपरेटर १५ सय घुससहित पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा राजनारायण साहलाई पक्राउ गरेको छ।

इलाका प्रशासन कार्यालय, सिमरा, बारामा कार्यरत कम्प्युटर अपरेटर साहले नागरिकता बनाई दिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ। 

आयोगका प्रवक्ता तथा सहसचिव रामप्रसाद दंगालका अनुसार घुस मागिरहेको सूचना तथा उजुरीको आधारमा आयोग कार्यालय हेटौडाबाट खटिई गएको टोलीले साहलाई १ हजार ५ सय घुस लिई सकेको अवस्थामा नियन्त्रण लिएको हो। उनका अनुसार साह माथिको थप अनुसन्धान जारी छ। 

प्रकाशित: १८ पुस २०७५ १२:०७ बुधबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग घुस कम्प्युटर_अपरेटर पक्राउ