समाज

नागरिककर्मी श्रेष्ठ सम्मानित

सम्मानित हुँदै श्रेष्ठ।

धादिङ – नागरिक दैनिकका धादिङ संवाददाता सरिता श्रेष्ठ सम्मानित भएकी छिन्। प्रयन्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) ले १७ औं वार्षिक साधारणसभाको अवसर पारेर श्रेष्ठलाई सम्मान गरेको हो। 

श्रेष्ठसँगै नेपाल टेलिभिजनका शीव सिलवाल र नागरिक पाटी डटकमका आशिष ठकुरीपनि सम्मानित भए। उनीहरू ३ नै जनालाई कार्यक्रमका प्रमुख अतिथि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुवोधराज प्याकुरेलले सम्मानपत्र प्रदान गरे। 

समाचार प्रकाशनको माध्यमबाट सूचना प्रवाह गरी नागरिकहरूको सूचनाको हक स्थापित गर्न तथा संस्थाले गरेका कार्यहरू आमनागरिकबीच पुर्याउन भूमिका खेलेको भन्दै सम्मान गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए।

प्रकाशित: २५ श्रावण २०७५ ११:१२ शुक्रबार

#नागरिक दैनिक #सरिता श्रेष्ठ #सम्मानित