समाज

दूध डेरीमा भएको आगलागीमा ४ लाख बराबरको क्षति

ताप्लेजुङको फुङलिङ वीरेन्द्रचौकस्थित बुङकुलुङ दूध डेरीमा बिहीबार बिहान भएको आगलागीमा अनुमानित ४ लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार दूधडेरीमा रहेका विभिन्न सामग्री नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान दूध तताउने क्रममा ग्याँस लिक भई आगलागी भएको थियो । प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा लिएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईले जानकारी दिए । ताप्लेजुङ सदरमुकाम फुङलिङमा बारबार आगलागीका घटना हुने गरेका छन् । 

प्रकाशित: १८ वैशाख २०८२ १६:३८ बिहीबार