समाज

पाथीभरा क्षेत्रमा 'नो केबलकार' पक्षको पदयात्रा (तस्बिरहरू)

नो केबलकार पक्षधरको अगुवाइमा पाथीभरा क्षेत्रमा वृहत् पदयात्रा सुरु भएको छ ।

आजको पदयात्रामा राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङ , संविधानसभा सदस्य   राजकुमार नाल्वो , किराँत याक्थुङ चुम्लुङका  संघीय अध्यक्ष प्रेम एङतेन, पहिचानवादी नेता खगेन्द्र माखिम, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष अध्यक्ष श्री लिङ्खिम सहितका अगुवाहरूको सहभागिता रहेको छ ।

काफ्लेपार्टी पदयात्रा सुरु भएको र माथिल्लो फेदीमा भेला भएका नो केबलकार पक्षधर समेत सहभागी भएर माथिल्लो फेदीबाट काफ्लेपार्टीतर्फ नारा जुलुस सहित पदयात्रा गर्ने कार्यक्रम रहेको आयोजक मध्येका एक पाथीभरा केबलकार खारेजी संयुक्त संरक्षण समिति अध्यक्ष फेम्बो लिम्बूले जानकारी दिए । काफ्लेपाटीमा हुने कोणसभामा पहिचान पक्षधर नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित: ८ फाल्गुन २०८१ ११:३० बिहीबार

#Pathivara Temple #pathivarakebalkar Pathivara No Kebalcar Group