समाज

मंसिरमा पाथीभरा मन्दिरबाट ४१ लाख बढी भेटी संकलन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ४१ लाख १७ हजार रुपैयाँ भेटी संकलन भएको छ ।  

मंसिर महिनामा २१ हजार १ सय ८० जनाले पाथीभरा मन्दिरको दर्शन गरेको र उनीहरुबाट उक्त भेटी संकटलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।  

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंसिर महिनामा संकलन भएको भेटी रकम नेपाल बैंक लिमिटेडको ताप्लेजुङ शाखामा जम्मा गरिएको छ ।

प्रकाशित: ३ पुस २०८१ १८:२४ बुधबार

#Pathivara Temple