समाज

ताप्लेजुङको सिरिजङ्गामा ५ जनाको उम्मेदवारी दर्ता

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षको उपनिर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ। मनोनयन गराउनेमा राजनीतिक दलका मात्र छन्।मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठले ५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेसबाट भीमकुमार लक्सवामा लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेबाट कुमारी साउदेनले उम्मेदवार दर्ता गराएकी छन्। नेकपा माओवादी केन्द्रबाट अम्बि साउदेनले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेलेको उम्मेदवारी परेको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवानबाट राजेन्द्र काङ्वा लिम्बू उम्मेदवार बनेका छन्। नागरिक उन्मुक्ति पार्टीले समेत उम्मेदवारी दिने बताउँदै आए पनि उम्मेदवारी दर्ता भने भएको छैन।

२०७९ सालको स्थानीय तहको निर्वाचनका  काग्रेस,माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो। एमाले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक्ला–एक्लै चुनावमा थिए। उक्त निर्वाचनमा काग्रेसका उम्मेदवार दिलप्रसाद बोखिम एमाले उम्मेदवार साउदेनलाई ४ मतान्तरले पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका थिए। वैदेशिक रोजगारीमा हङकङ गएका उनले करिब एक वर्ष पछि उतैबाट राजीनामा पत्र पठाएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। 

प्रकाशित: २ मंसिर २०८१ १६:४७ आइतबार

#by-election 2081