समाज

घरायसी विवादमा श्रीमतीको हत्या

रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका ४ रारागाउँ प्रितिमा श्रीमान श्रीमतीबीच सामान्य विवाद हँदा श्रीमानले पिर्काले हिर्काएर श्रीमतीको हत्या गरेका छन्। 

मदिरा सेवन पश्चात भएको विवादका कारण ५३ वर्षीय तारा बहादुर सुनुवारले नसाको सुरुमा पिर्काले टाउकोमा हिर्काउदा उनकी ४४ वर्षीय श्रीमती सूर्यकला सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख राजेन्द्र थापाले जानकारी दिए। 

श्रीमतीको हत्या गर्ने सुनवारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय प्रितिमा राखिएको छ। साथै कानुनी कारवाहीको लागि थप अनुसन्धान गर्न सदरमुकाम ल्याइने निमित्त प्रहरी प्रमुख थापाले बताए। मृतकको शव पोष्टमार्टमको लागि जिरी पठाइएको छ।

प्रकाशित: २३ फाल्गुन २०७४ १२:०२ बुधबार

घरायसी विवादमा श्रीमतीको हत्या