समाज

दुर्गा प्रसाईंलाई पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोक

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडाहामा हिँडेका दुर्गा प्रसाईंलाई प्रशासनले पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोकेको छ।

प्रसाईंले शुक्रबार पृथ्वीचोकमा कार्यक्रम गर्ने तयारी गरेका थिए। तर प्रशासनले सो क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको प्रसाईंले जानकारी दिए।

पृथ्वीचोकमा कार्यक्रम गर्न नदिएपछि प्रसाईंले शुक्रबार पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरेका छन्। 'पृथ्वीचोकमा गर्न नदिनेपछि हामीले नयाबजारको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्ने तयारी गरेका छौँ’ उनले भने।

कार्यक्रमलाई राप्रपाले समर्थन गरेको छ। 'कार्यक्रममा हामी पनि सहभागी हुन्छौँ, किनभने उनले उठाएका एजेन्डामा हाम्रो समर्थन छ’ राप्रपा कास्कीका एक नेताले भने।

प्रकाशित: ४ माघ २०८० १३:४८ बिहीबार

अभियन्ता दुर्गा प्रसाईँ