समाज

मध्य चैतमा सेताम्मे ताप्लेजुङको पाथीभरा क्षेत्र(तस्विर सहित)

तस्विर:खगेन्द्र अधिकारी

पुस माघमा नपरेको हिउँ यसपटक ताप्लेजुङमा फागुनबाट पर्न सुरु गर्‍याे। 

मध्य चैतको यो बेला हिमपात भईरहेको छ।अहिले ताप्लेजुङको पाथीभरा क्षेत्र सेताम्मे छ।पानी र हिमपात दिनहुँजसो परिरहेको छ।पाथीभरा क्षेत्रका कर्मचारी समेत रहेका माथिल्लो फेदीका होटल व्यवसायी राजेन्द्र महतले मध्य चैतमा साविकका बर्षहरुमा पुस–माघमा हुने हिमपातकै तुलनामा अहिले यो क्षेत्रमा हिमपात भइरहेको बताएका छन्।कस्तो छ त ? मध्य चैतमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा परेको हिमपातको अवस्था ? हेरौं यी तस्विरहरु फिचर। 

प्रकाशित: १९ चैत्र २०७९ ०६:४३ आइतबार