समाज

थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार ठग्ने पक्राउ

काठमाडौं– कारागारमा थुनामा रहेका व्यक्तिहरुलाई थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार रुपैयाँ ठगी गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने  नुवाकोट थानपती गाविस–८ का ३ वर्षीय राजु उप्रेतीलाई महानगरीय अपराध महाशाखा काठमाडौंले कालीमाटीबाट मंगलबार पक्राउ गरेको छ।

बाग्लुङ्ग घर भएका थमप्रसाद पुन, कृष्ण सलामी र जाजरकोट घर हुने विकाश रोकायसमेत ५ जना डाका मुद्दामा अदालतको आदेशले पुर्पक्षको लागि केन्द्रीय कारागारमा थुनामा बस्दै आएको अवस्थामा उप्रेतीले उनीहरुलाई कारागारबाट मुद्दा मिलाई निकाली दिन्छु भन्दै विभिन्न प्रलोभन देखाई विश्वासमा पारी थमप्रसादसँग १ लाख २५ हजार, कृष्णसँग ३ लाख ४५ हजार र विकाशको दिदी विमला आर्सीसँग ७० हजार गरी जम्मा ५ लाख ४० हजार रुपैयाँ रकम लिई सम्पर्कविहिन भएका थिए।

थुनामा रहेका उक्त व्यक्तिहरुले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी थुनाबाट मुक्त भएपछि उप्रेतीले आफूहरुलाई ठगी गरेको व्यहोरासहित महाशाखामा निवेदन दिएपछि खटिएको प्रहरीको विषेश टोलीले उनलाई पक्राउ गरी ठगी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाइएको छ।

 

प्रकाशित: ७ असार २०७३ १३:१९ मंगलबार

थुनामुक्त गरीदिने भन्दै ४० ठग्ने पक्राउ