पुल निमार्ण ठेकेदार तथा क्षेत्रीय सडक निर्देशकसहितका पदाधिकारीको छलफलले यस्तो सहमति गरेको हो । ट्रष्ट ब्रिज बन्ने खुसीमा यहाँका बासिन्दाले सहमतिको स्वागत गरेका छन्। सहमति गर्न आयोजित छलफलमा सहभागी उत्तर–दक्षिण ओलाङचुुङगोला लोक मार्ग आयोजनाका सिनियर डिभिजनल ईञ्जिनियर कुबेर नेपालीका लागि चैत २० गते सम्ममा सम्पुर्ण ट्रष्ट ईरेक्सनका कार्य सम्पन्न हुनेछन् ।
एकवर्ष अघि नै निमार्ण कार्य पूरा भई सक्नुपर्ने यो पुलको निमार्ण कार्य रोकिएपछि स्थानीय चिन्तित हुुदै आएका थिए । यहाँको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद डम्बरध्वोज तुम्बाहाम्फे लथगायतका प्रतिनिधीले पुल निमार्ण कार्य चाँडो अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी समेतलाई ज्ञापन पत्र दिएका थिए । यो पुुलको निमार्ण कार्य पूरा भएपछि पूर्वका पहाडी जिल्ला हुदै तराई जोड्ने मार्गको अवरोध पनि हट्ने देखिएको छ ।
उत्तर दक्षिण लोकमार्ग आयोजनाका प्रमुुख नेपालीका अनुसार निमार्णमा खटिएका कन्काई÷मैनाचुली, याक्थुमहाङ जेभी निमार्ण कम्पनीले माघको पहिलो साता भित्र ट्रष्टका सामानहरु निमार्ण स्थलमा ल्याई सक्नेछन् । पुर्याईएका सामानलाई माघ १५ गते भित्र ईरेक्सन गरिसक्ने र माघ २२ गते भित्र अरु आवश्यकिय सामान निमार्ण स्थलमा पुुर्याउने सहमति पनि सडक विभाग र निमार्ण कम्पनीबीच सहमति भएको नेपालीले जानकारी दिए ।
प्रकाशित: १ माघ २०७२ ०२:२६ शुक्रबार