राजनीति

इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत

संस्थापनइतर नेपाली कांग्रेस खोटाङको नवनिर्वाचित जिल्ला पदाधिकारी। तस्बिर : महेश्वर

संस्थापनइतर नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट जिल्ला कार्यसमितिका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्। उपसभापतिमा खिलाराज राई (दीपक) र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की चयन भएका निर्वाचन समिति संयोजक महाप्रसाद आचार्यले जानकारी दिए।

जिल्ला नेतृत्वसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा विभिन्न समूह र समावेशी क्लस्टरका प्रतिनिधिसमेत सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ।

खुला पुरुषतर्फ भूपेन्द्र राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेसल राई, दिलीप खत्री, नवराज राई, बसन्त राई, भीमकेशर राई र राकेश परियार महाधिवेशन प्रतिनिधि चयन भएका छन्। खुला महिलातर्फ हिरा गुरुङ, सरिता आङदेम्बे, देवी राई र शान्तिकला राई सर्वसम्मत चयन भएका छन्।

४० वर्षमुनिको खुला समूहबाट पुरुषतर्फ विकास श्रेष्ठ र महिलातर्फ इन्दिरा दाहाल चयन भएका छन्। नवयुवा समूह (१८–२८ वर्ष)बाट पुरुषतर्फ हरिबहादुर थापा र महिलातर्फ स्मृति राई महाधिवेशन प्रतिनिधि बनेका छन्।

समानुपातिक (समावेशी) समूहतर्फ देवेन्द्र बस्नेत, सन्तोष राई, मोहन राई, दुरेन्द्र राई, सुमन राई, कम्पसेर राई र सुनिता राई चयन भएका छन्। अल्पसंख्यकतर्फ उदय चाम्लिङ र दलिततर्फ नृर्पध्वज विक महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

अपाङ्गता समूहबाट पदम निरौला तथा प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र शहीद परिवार समूहबाट कृष्णराज आचार्य र प्रतिक्षा राई चयन भएका छन्। अन्य समूहबाट निर्मला राई र सत्यवती राई महाधिवेशन प्रतिनिधि बनेका छन्।

त्यस्तै, पार्टीको विज्ञ तथा श्रमिक समूहबाट योगेश गुरुङ र दीपक विक महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिए।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै अब प्रदेशसभा अधिवेशन तथा मंसिर २० देखि २३ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि खोटाङबाट प्रभावकारी सहभागिता जनाउने तयारी भइरहेको नवनिर्वाचित जिल्ला सभापति रोजन राईले बताए।

प्रकाशित: १८ कार्तिक २०८३ १९:४७ बुधबार