नेकपा एमालेको ताप्लेजुङ जिल्ला कमिटीले पक्राउ परेका पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको तत्काल रिहाईको माग गर्दै उक्त कार्यलाई प्रतिशोधपूर्ण भन्दै भत्र्सना गरेको छ ।
एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले शनिवार अपरान्ह एक विज्ञप्ति जारी गर्दै सरकारले ओली र लेखक प्रतिशोधपूर्ण तवरले पक्राउ गरी मुलुकलाई द्धन्द र मुठभेडतर्फ लैजान खोजेको आरोप लगाएको छ ।
उसले फागुन २१ को निर्वाभचनबाट निर्वाचित राश्वपालाई अराजक राजनीतिक दलको संज्ञा दिदै कार्की आयोगको प्रतिबेदनलाई तथाकथित भनेको छ । ओली र लेखकको पक्राउलाई एमाले ताप्लेजुङले सिङ्गो कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार भनेको छ ।
विज्ञप्तिमा प्रतिशोधात्मक दमन,धरपकड बन्द गर्न माग गर्दै ओली र लेखकको तत्काल रिहाईको माग गरिएको छ । विज्ञप्तिमा एमालेले यस्तो दमन र धरपकडका कारण कुनै विचलित नभई सशक्त प्रतिवाद,संघर्ष र आन्दोलनमा उत्रन आवह्वान गरेको छ ।
प्रकाशित: १४ चैत्र २०८२ १७:५४ शनिबार