राजनीति

उदयपुर १ मा रास्वपाको अग्रता कायमै

उदयपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता कायमै गरेका छन्। 

उनले ११ हजार ५ सय ७२ मत प्राप्त गरेका छन्।

गेलाल उनका निकटतम प्रतिस्पर्धी श्रम सँस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राई भन्दा ४ हजार ४सय ८ मतले अघि छन्। राईले ६ हजार ६ सय ६४ मत पाएका छन्।

यस्तै, एमालेका दुर्गाकुमार थापा ५ हजार १ सय ४१, काँग्रेसका बिदुर बस्नेत ३ हजार ८ सय ६६ र नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरीले ३ हजार ९३ मत ल्याउँदै तेस्रो, चौथो र पाँचौ स्थानमा छन्। 

प्रकाशित: २३ फाल्गुन २०८२ १६:२१ शनिबार