जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई पहिलो प्राथमिकतामा पर्ने बताए । प्रजिअको जिम्मेवारी लिएर जिल्ला पुगेका पौडेलले ‘सेवा–सचेतना अभियान’ सुरू गर्ने घोषणा गरे ।
प्रशासनको पहिलो चिन्ता सरकारी सेवाको प्रभावकारिता र जनतासम्म यसको पहुँच रहेको उनले बताए ।
पत्रकार भेटघाटमा सहभागी सञ्चारकर्मीले विकास योजनाको ढिलाइ, शान्ति–सुरक्षा, सुशासन र सेवा प्रवाहमा देखिएका चुनौतीबारे सुझाव राखेका थिए। सञ्चारकर्मीका सुझावलाई समयमै सम्बोधन गर्ने उनले बताए ।
पूर्वप्रजिअ केदारनाथ शर्माको सरुवापछि जुम्लाको ४७औँ प्रजिअका रुपमा पौडेल पुगेका हुन् ।
प्रकाशित: ४ मंसिर २०८२ २१:३६ बिहीबार