राजनीति

योगेशको विरासत जोगाउँदै थेवे : २२ सय बढी मतान्तरले विजयी

ताप्लेजुङ प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङवाट नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी भएका छन्। उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मतान्तरले पराजित गरे।

थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरे। थेवे कोशी प्रदेशबाट निर्वाचित हुने एमालेका पहिलो पनि बनेका छन्। उनी ताप्लेजुङका १३ जना उम्मेदवार मध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्। उनी ३८ वर्ष का हुन्।

नेकपाका खेलप्रसाद वुढाक्षेत्री ६ हजार ७ सय ७५ मत सहित तेश्रो हुँदा श्रम सस्कृती पार्टीका सन्तोष राई ५ हजार २ सय ९ मत सहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मत सहित पाँचौं स्थानमा रहेका छन्।

निर्वाचन आयोगले भनें औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेकोछ।

ताप्लेजुङमा यसअघि २०७४ र २०७९ मा एमालेका उपमहासचिव योगेशकुमार भट्टराई विजयी भएका थिए। ताप्लेजुङ्मा ९० हजार ३ सय २७ मत मध्ये ४५ हजार ५ सय ८३ मत खसेको थियो। त्यस मध्ये २ हजार ६ सय ८६ मत वदर भएको थियो।

प्रकाशित: २३ फाल्गुन २०८२ २०:५८ शनिबार