राजनीति

शंकर पोखरेल सँगसँगै भोट माग्दै प्रदीप ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा महासचिव नपाएपछि असन्तुष्ट बनेका नेता प्रदीप ज्ञवाली संस्थापन पक्षलाई मत माग्न थालेका छन्।

बन्दसत्र स्थलमा पुगेका उनले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधिसँग भोट मागिरहेका हुन्। उपाध्यक्ष अस्वीकार गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले अध्यक्ष केपी शर्मा ओलीको टिमले जिते मात्रै एमाले थप बलियो हुने भन्दै सोही समूहका लागि मत मागिरहेको बताए।

‘मेरा केही असहमति थिए, म भन्दा माथि पार्टी हो,’ उनले भने, ‘म पार्टी बलियो बनाउन केपी ओली र शंकर पोखरेलसँगै छु।’

महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुनेछ। अध्यक्षमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा छन्। 

प्रकाशित: १ पुस २०८२ १३:२१ मंगलबार