ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले ताप्लेजुङमा आफ्नो जिल्ला सङ्गठन विस्तार गरेको छ।
शनिबार गठित जिल्ला समितिको संयोजकमा प्रदीप मादेन (नानी) चयन भएका छन्।
पार्टीका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीका अनुसार मादेनको नेतृत्वमा जिल्ला समिति गठन गरिएको हो। नवनियुक्त संयोजक मादेन यसअघि डा. लावती नै अध्यक्ष रहेको पहिचानवादी मोर्चाका जिल्ला संयोजकका रूपमा क्रियाशील थिए।
समिति विस्तारसँगै पार्टीले युवा तथा महिला परिचालनका लागि सम्पर्क व्यक्तिहरू पनि तोकेको छ। जसअनुसार सरगम शेर्पा, लिला पालुङ्वा, लाजरस लिम्बू र नरकुमार नाल्वोलाई जिम्मेवारी दिइएको उज्यालो नेपाल पार्टीले जनाएको छ।
प्रकाशित: १२ पुस २०८२ १५:३९ शनिबार