जिल्ला समन्वय समिति महासंघ, कोशी प्रदेश समितिको अध्यक्षमा ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा चयन भएका छन्। लामा यसअघि समितिको उपाध्यक्ष थिए।
महासंघको चौथो जिल्ला अधिवेशनबाट समितिको उपाध्यक्षमा गैरवबहादुर विश्वकर्मा, सचिवमा गोपालमान थापा, सहसचिवमा रीता विश्वकर्मा र कोषाध्यक्षमा कमला खतिवडा चयन भएको अध्यक्ष लामाले जानकारी दिए। समितिको संरचना १५ सदस्यीय रहेको पनि उनले बताए।
कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ नेपालका अध्यक्ष राजन मेहतासहितको उपस्थिति रहेको थियो।
कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू महासंघको प्रदेश समितिका सभासद् रहने व्यवस्था रहेको छ।
प्रकाशित: १८ चैत्र २०८२ १४:४८ बुधबार