राजनीति

फेरि एकअर्कासँग खुले केपी र शंकर (तस्बिर)

तस्बिर: द्वारिका काफ्ले/नागरिकन्युज

नेकपा एमालेका ३३ जना मनोनीत केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ कार्यक्रममा शीर्ष नेतृत्वबीच हार्दिकता देखिएको छ। 

असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेका केन्द्रीय सदस्यहरूलाई शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित पार्टी कार्यालयमा शपथ खुवाएका हुन्।

शपथ कार्यक्रममा अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू तथा केन्द्रीय सदस्यहरूको उपस्थिति थियो। मनोनीत केन्द्रीय सदस्यहरूले पार्टीको विधान र निर्णयअनुसार जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धतासहित पद तथा गोपनीयताको शपथ लिएका थिए।

कार्यक्रममा अध्यक्ष ओली र महासचिव शंकर पोखरेल प्रसन्न मुद्रामा देखिएका थिए। कार्यक्रममा अध्यक्ष ओली र महासचिव पोखरेलबीच पटक–पटक कुराकानी तथा कानेखुसी भएको दृश्यसमेत देखिएको थियो।

पछिल्लो समय एमालेभित्र पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका महासचिव पोखरेलको भूमिकामा समेत परिवर्तन देखिएको छ। अध्यक्ष ओलीले विद्या भण्डारीलगायतका नेताहरूलाई पार्टीका विभिन्न जिम्मेवारीमा मनोनयन गरेपछि पोखरेलले आफ्नो धारणा परिवर्तन गर्दै अध्यक्ष ओलीसँगै अघि बढेको देखिएको छ।

तस्बिर: द्वारिका काफ्ले/नागरिकन्युज
तस्बिर: द्वारिका काफ्ले/नागरिकन्युज
तस्बिर: द्वारिका काफ्ले/नागरिकन्युज
तस्बिर: द्वारिका काफ्ले/नागरिकन्युज

प्रकाशित: १६ आश्विन २०८३ १९:३८ शुक्रबार