गण्डकी प्रदेशका ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । जेन-जी आन्दोलनमा निर्मम दमन भएको भन्दै उनले नैतिकताका आधारमा आज पदबाट राजीनामा दिएका हुन् ।
देशमा जेन-जीका युवाहरूले सञ्चालन गरेको आन्दोलनमा निर्ममतापूर्वक गोली हानी १९ जना युवाको हत्या भएको घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले यस्तो परिस्थितिमा सरकारमा बसिरहनु नैतिकताले नदिएको र आफ्नो पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) ले पनि राजीनामा दिन दिएको निर्देशन अनुसार राजीनामा दिएको बताएका छन् ।
देवकोटाको राजीनामा स्वीकृत भइसकेको छैन । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे देश बाहिर रहेकाले तत्काल स्वीकृत पनि नहुने भएको छ ।
प्रकाशित: २४ भाद्र २०८२ १५:१० मंगलबार