नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ । जिल्ला पार्टी सचिव युकहाङवीर (डम्बर) हाङगामका अनुसार आकांक्षी मध्येबाट सहमतिमा तुम्याहाङको एकल नाम सिफारिस भएको हो ।
ताप्लेजुङमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र हो । हाङगामका अनुसार समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्व मन्त्री प्रतापप्रकाश हाङगाम र पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल तथा महिलातर्फ कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभातर्फ क्लष्टर अनुसार १० जनाको नाम सिफारिस गरिएको छ । हाङगामका अनुसार राष्ट्रिय सभामा खुल्लातर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा, मात्रिकाप्रसाद शेर्पा, गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तितर्फ तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ लिलादेवी बोखिम, मात्रिकादेवी प्रसाँई कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको हाङगामले जानकारी दिए ।
प्रकाशित: २६ मंसिर २०८२ १५:४० शुक्रबार