राजनीति

अर्याल बढुवाविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं— सरकारद्वारा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरिएका उपेन्द्रकान्त अर्यालको बढुवा बदर गर्न माग गर्दै डिआइजी पार्वती थापले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

डिआइजी थापाले अर्याललाई सो पदमा पदमा रहेर काम नगर्न नगराउन भन्दै अन्तरिम आदेश मागेकी थिइन्। तर न्यायाधीश तर्कराज भट्टको एकल इजालसले आइतबार अन्तरिम आदेश नगरी कारण देखाउ आदेश दिएको हो।

सरकारले वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका अर्याललाई एआइजीमा बढुवा गरेको थियो। वर्तमान प्रहरी महानिरीक्षक कुवेर सिंह रानासहित अहिलेका सबै एआइजीले कात्तिक २९ देखि अवकाश पाउन लागेको अवस्थामा सरकारले अर्याललाई कात्तिक १४ गते एआइजीमा बढुवा गरेको थियो।

प्रकाशित: २४ कार्तिक २०७० ०५:१६ आइतबार