काठमाडौं– उच्च माध्यमिक शिक्षा परिषद् पश्चिमाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय पोखराबाट छात्रवृत्तिका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका सुरक्षा गार्डबाट परीक्षण गराउने तत्कालीन प्रमुख वीजेन्द्रककुमार राईविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम हदैसम्मको सजायको माग गर्दै सोमबार मुद्दा दायर गरेको हो। शिक्षा परिषदले जारी गरेको छात्रवृत्ति निर्देशिका,२०६७ बमोजिम छनौट प्रक्रिया नगरिएको र उत्तरपुस्तिका परिक्षण निष्पक्ष रुपमा हुन नसकेकोले मुद्दा दायर गरिएको अख्तियारका सह न्यायाधीवक्ता श्रीधर सापकोटाले बताए।
आर्थिक वर्ष २०६८/०६९ मा छात्रवृत्ति वितरण हुँदा उत्तरपुस्तिकामा जथाभावी रातोमसि लगाई उत्तरपुस्तिकामा प्राप्ताङक तलमाथी पारिएको दावी अख्तियारको छ।
प्रकाशित: ७ आश्विन २०७० ०७:५० सोमबार