राजनीति

सरकारद्वारा रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न निर्देशन

सरकारले देशभर रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन निर्देशन दिएको छ। कोभिड– १९ सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि रात्रिकालीन व्यवसाय, रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो।  

जारी विज्ञप्तीमा घरबाहिर तथा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ। यस्तै, काठमाडौं, पोखरालगायत ठूला शहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमणदर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमणको उच्च सतर्कता अपनाउन पनि भनिएको छ।

 

प्रकाशित: २५ चैत्र २०७७ १३:२१ बुधबार

व्यवसाय तथा रेष्टुरेन्ट सरकार सङ्क्रमणको उच्च सतर्कता कोभिड– १९