राजनीति

पोखरामा ओली समूहको भेला

नेकपाको ओली समुहले शुक्रबार पोखरामा निकालेको मोटरसाइकल ¥याली । तस्बिरः उमेश पुन÷नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले शुक्रबार पोखरामा गण्डकी प्रदेशस्तरीय युवा भेला आयोजना गरेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछिको विवादबीच ओलीको कदमको समर्थनमा पोखरामा भेला आयोजना गरिएको हो ।  

ओली समुहका केन्द्रीय सदस्य राजीव पहारीले पोखरामा युवा भेला आयोजना गरेको बताए । ‘निर्वाचनमा जाने कदमको स्वागत गर्नका लागि यो भेला आयोजना गरेका हौ,’ पहारीले भने, ‘प्रधामन्त्री ओलीले गरेको निर्णयको स्वागत गर्न चाहेका हौ ।’

मूलूक निर्वाचनमा होमिएकोले पनि यो बारेमा जनतालाई जानकारी दिनका लागि भेला आयोजना गरेको उनले बताए । त्यसबाहेक सरकारको कामको बारेमा जानकारी दिन पनि आयोजना गरेको उनले बताए । युवासंघका निवर्तनमान अध्यक्ष समेत रहेका पहारीका अनुसार पोखराको यो भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्का नेता महेश बस्नेत लगायतले सम्बोधन गर्नेछन् ।  

युवासंघ गण्डकी प्रदेशले आयोजना गरेको भेलामा सहभागि हुन प्रदेशका विभिन्न जिल्लाबाट समर्थकहरु पोखरा आएको उनले बताए । पहारीका अनुसार पोखराको अमरसिंहबाट सुरु हुने ¥याली चिप्लेढुंगा हँुदै सभागृहमा पुगेर सभामा परिणत हुनेछ । 

प्रकाशित: १० पुस २०७७ ०७:३१ शुक्रबार

ओली समूह