राजनीति

नयाँ शक्तिको जनसंवाद पाँचथरको चिवा भञ्याङबाट सुरु हुँदै

पाँचथर- नयाँ शक्ति पार्टीको जनसंवाद कार्यक्रम नेपाल–भारतको सीमानामा पाँचथरको चिवाभञ्याङबाट सुरु हुँदै छ। मंगलबार पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले  पुष्पालाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङबाट यो   अभियान शुभारम्भ गर्दै छन्।

मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरुका व्यापारिक केन्द्रमा भेटघाट, अन्तर्क्रिया तथा छलफल गर्ने गरी उक्त अभियान मंगलबार विहान चिवाभञ्याङ पुगेर उद्घाटन गर्ने तयारी छ। यसका लागि स्थानीय कमिटिले तयारी तिब्र बनाएको छ।  बस्तीदेखि  केहि टाढा रहेको चिवाभञ्याङबाट सुरु गरने यात्रा बैतडीको झुला घाटसम्म सम्पन्न गर्ने जनाईएको छ। मध्यपहाडी लोकमार्गको चिवाभञ्याङदेखि झुलाघाटसम्मको १ हजार ७ सय ६७ किलोमीटर  आसपसमा जनसंवाद गरीने जनाइएको छ।

उच्च पहाडी क्षेत्रमा स्थानीयबासी तथा नेताहरु जम्मा गराएर कार्यक्रम सुभारम्भ हुने  स्थानीय संयोजन गरिरहेका केन्द्रीय परिषद सदस्य सविन वानिँयाले जानकारी दिए।  ‘विभिन्न क्षेत्रबाट सहभागि गराई   जनसंवाद अभियानलाई भव्यरुपमा शुभारम्भ गर्न लागेका छौँ’ सोमवार विहान नागरिकसँग कुरा गर्दै वानियाले भने ‘यो ऐतिहासिक जनसंवाद यात्रा हो ।’ मगलवारनै च्याङथापु तथा गणेशचोक बजारमा स्थानिय जनप्रतिनिधि सहित अन्तक्र्रिया गर्ने तथा साझमा फिदिममा  कोणसभा गर्ने तालिका छ । नयाँ शक्ति पार्टीले उपलब्ध गराएको तालिका अनुसार बुधवार तेह्थुम पुग्ने छ।

‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’ नाम दिइएको छ। २७ जिल्लाका करिव ९० स्थानमा कार्यक्रम गर्ने पार्टीले जानकारी दिएको छ।

प्रकाशित: १४ माघ २०७५ ०६:२० सोमबार

नयाँ_शक्ति जनसंवाद_अभियान