राजनीति

जहाज खरिद प्रकरण : अनियमिततामा काे काे छन संलग्न ? (हेर्नुहोस सिफारिस प्रतिवेदन )

काठमाडौ– नेपाल वायुसेवा निगमको दुई वटा वाइड बडी विमान खरिदमा भ्रष्टाचार र अनियमितताबारे संसदको सार्वजनिक लेखा समिति अन्तर्गत राजन केसीको संयोजकत्वमा बनेको उपसमितिले १५ दिन लगाएर गरेको तयार पारेको प्रतिवेदन समितिका संयोजक भरत कुमार साहलाई बुझाएका छन् ।

प्रतिवदेनले वर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीको जहाज खरिदमा प्रत्यक्ष संलग्नता देखाउदै कारबाहीका लागि सिफारिस गरेको छ। पूर्व पर्यटनमन्त्री जीवन  वहादुर शाहीलाई नैतिक रुपमा दोषी देखाएको छ । त्यस्तै पूर्व पर्यटनमन्त्री जितेन्द्र नारायण देवले जहाज खरिद बारे संसदलाई सत्य तथ्य जानकारी नगराएको भन्दै कारबाही गर्न सिफारिस गरेको छ। त्यस्तै गरी तत्कालीन पर्यटन सचिव प्रेम कुमार राई(हाल गृहसचिब), कृष्णप्रसाद देवकोटा र पुर्व पर्यटन सचिव शंकर अधिकारीलाई निलम्बनसहितका कारबाहीको सिफारिस गरेको छ। त्यस्तै समितिले जहाज खरिदमा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारको मुख्य संलग्नता र बदनियत देखिएको भन्दै तत्काल निलम्वन गरि हदै सम्मको कारबाही गर्न सिफारिस गरेको छ।

 

नेपाल_वायुसेवा_निगम वाइड_बडी_विमान_खरिद भ्रष्टाचार