राजनीति

कर्णालीका ८ स्थानमा शान्तिपूर्ण मतदान जारी

महाबुको खरिगैरामा मतदान गर्दै मतदाताहरू। तस्विर : गोविन्द केसी/नागरिक

कर्णाली प्रदेशका आठ स्थानमा गाउँपालिका अध्यक्ष, नगरपालिकाको उपमेयर र वडाअध्यक्षका लागि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सबै  मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा भइरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी)जनक भट्टराईले जानकारी दिए। 

दैलेखको महावु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी छ।

दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुमपश्चिमको सानोभेरी नगरपालिका–५ मा वडाअध्यक्ष पदको मतदान भइरहेको छ। उपनिर्वाचनमा ४४ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

प्रकाशित: १६ मंसिर २०८१ ०९:४४ आइतबार

#NagarikNews #by election