राजनीति

सुदूरपश्चिममा गठबन्धन तर्फका तीनै जनाले गराए मनोनयन दर्ता

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका सत्ता गठबन्धनका तर्फबाट सिफारिस भएका तीनै जनाले मनोनयन दर्ता गराएका छन्।

सहायक निर्वाचन अधिकृत प्रेम भट्टका अनुसार नेपाली काँग्रेसले अन्यबाट कञ्चनपुरका बलबहादुर बोहरा र अपाङ्ग तथा अल्पसङ्ख्यकबाट कैलालीका नारायणदत्त भट्ट र माओवादी केन्द्रबाट महिलामा बैतडीका रेणु चन्दले मनोनयन दर्ता गराएका हुन्।

अगामी फागुन महिनामा नेकपा माओवादी केन्द्रका  हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावधि सकिँदै छ। सुदूरपश्चिममा माओवादी केन्द्रले एक सिट गुमाउने भएको छ।

५२ जना प्रदेश सभा सदस्य र  १ सय ७६  स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष मतदाता रहेका सहायक निर्वाचन अधिकृत भट्टले बताए। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १९ रहेको छ।

प्रकाशित: २३ पुस २०८० ०८:१६ सोमबार

सुदूरपश्चिम प्रदेश राष्ट्रिय सभा सदस्य सत्ता गठबन्धन सिफारिस