काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाडा अटो शो’ सुरु भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले कार्यक्रमको उद्घाटन गरेका हुन्।
‘नाडा अटो शो’को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवर्द्धन आजको अनिवार्य आवश्यकता भएको बताए।
नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाडा अटो शो’ को १८औँ संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिएको छ।
प्रकाशित: ९ भाद्र २०८३ १३:३१ मंगलबार