फोटो फिचर

सुन र चाँदीका सिक्का किन्नेको घुइँचो (तस्बिरहरु)

नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको हो।

प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामका चाँदीका लक्ष्मी र गणेश अङ्कित एक–एक थानका दरले बढीमा दुई थान बिक्री गरेको छ।

बिहान ४ बजे देखीनै सुन र चाँदीका सिक्का लिन बबरमहलमा सर्वसाधारण पुगेका थिए। गत वर्ष भने राष्ट्र बैंकले सिक्का विक्री गरेको थिएन। यस वर्ष भने सिक्का लिन झन्डै दुई किलोमिटरसम्म लाइन लागेको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १२:३२ बिहीबार