फोटो फिचर

बल्खु तरकारी बजारमा बाढी (फोटोफिचर)

गएरातिदेखि परेको अबिरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। केही समयको ठूलो मात्राको वर्षाका कारण बल्खु तरकारी बजारमा क्षति भएको छ।

 बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।

 बजारमा रहेका तरकारीको किराना पसलहरुमा बाढीले क्षति पुर्‍याएको बल्खु बजारका प्रमुख रामकृष्ण कुँवरले जानकारी दिए। यद्यपी त्यहाँ कति किराना पसलमा क्षति भयो भन्ने विवरण संकलन गरिरहेको पनि उनले बताए।

प्रकाशित: २१ भाद्र २०७८ ०६:३६ सोमबार

बल्खु तरकारी बजारमा बाढी (फोटोफिचर)