फोटो फिचर

जो खुलामञ्चमा एक छाक खाना कुर्छन् (फोटो फिचर)

विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। महामारीका कारण नेपालमा पनि लामो ‘लकडाउन’ भयो। महामारीले स्वास्थ्य संकट मात्र होइन समाजका हरेक ठाउँमा अप्ठ्यारो स्थिति पैदा गर्छ। यसले स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा गहिरो प्रभाव पार्छ।  

मानिसहरु यतिबेला रोजगारी गुमाइरहेका छन्। ठूला ठूला कम्पनिहरुले  कर्मचारी कटौती गरिरहेका छन्। कर्मचारीको तलब कटौती भएको छ। दैनिक ज्याला मजदुरी गरेर जिन्दगी चलाउनेहरुले आफ्नो नाम्लो  थाप्लोमा लगाउन पाएका छैनन्। बजारको महंगी भने उस्तै छ। अझ भनौ दशक अघिको कमाई तर खर्च अहिलेको छ। जसले गर्दा मानिसको दैनिक जिविका चलाउन असहज हुँदै गइरहेको छ।

अभावमा रहेकाहरुलाई राज्यले सुरुका दिनमा राहतका लागि दाल चामल पनि वितरण गर्योक। कतिपय ठाउँमा राहातमा पनि राजनीति भएका गुनासा आए। राहतले जिन्दगी कतिनै पो चल्छर फेरी। मानिसलाई कामको खाँचो छ त्यो अहिले न्यून छ।

राजधानीको खुलामञ्च स्थित बस टर्मिनल क्षेत्रमा साँझ पर्नै लाग्दा एउटा दृष्य देखिन्छ। उपत्यकामा जारी निषेधाज्ञामा पनि सयौंको संख्यामा मानिसहरु भेला हुन्छन्। किन ? प्रश्नको उत्तर हो : एक छाक खानका लागि। साढे ४ बजेदेखि त्यहाँ स्वयमसेवकले खानेकुरा वितरण गर्न थाल्छन्, दाल, भात तरकारी। सुरक्षाका सबै उपाय सहित वितरण गरिने भोजनका लागि शहरमा अभावमा रहेका जनहरु लामग्रस्त हुन्छन्। महामारीले ल्याएको एउटा दारुण चित्र त्यहाँ देखिन्छ। अभावले छटपटिएको एउटा वर्ग त्यहाँ उपस्थित हुन्छ।  

खाना बाँड्नु अगाडि उक्त क्षेत्रलाई स्वयम सेवकहरुले निर्मलिकरण गर्छन्। उनीहरुको तापक्रम लिइन्छ। तापक्रम बढि हुनेहरुलाई छुट्टै व्यवस्था समेत त्यहाँ गरिएको छ। यो सबै हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले गरेको हो।  

 

 

‘लकडाउन’ कोरोना भाइरस