प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गर्ने समूहमाथि प्रहरीले पानीको फोहरा र लाठी प्रहार गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर रहेको भन्दै सरकारलाई दबाव दिन प्रदर्शनमा उत्रेका युवाहरुको समूहलाई प्रहरीले लाठी समेत चार्ज गरेको छ।
फोटो फिचर
'हे सरकार! असक्षमता हात धोएर निको हुँदैन!'(फोटो फिचर)
प्रहरीले बल प्रयोग गर्ने क्रमममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको थियो। जसमा केहि घाइते भएका छन्। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेकाे छ। उनीहरू स्पतःस्फूर्तरूपमा भेला भएर प्रदर्शन गरेका थिए।