उक्त पसलमा लागूऔषध बिक्री बितरण हुने गरेको सुचना पाएपछि पूर्व क्षेत्रीय अनुसन्धान समुहको टोलीले बिहीबार पसलमा छापा मारेको थियो। गुप्ताको पसलबाट लागुऔषध नाईट्रोसन एकसय १९ ट्याबलेट, स्पास्मोप्रोक्सिवन ८४ क्याप्सुल, २ बोतल कोरेक्स र दुई थान मोवाइल फोन बरामद भएको छ ।
गुप्ताले पसलमा खाजा खानका लागी रोकिने लामो दुरीका रात्री बसका चालक तथा सहचालकहरुलाई लागुऔषध बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाउँदै प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा राखी कारवाही बढाइएको छ ।
प्रकाशित: १८ असार २०७२ ०२:०६ शुक्रबार