अन्य

नगरकोट कवि-कुञ्ज

भुइँचालोपछि फ्रान्सेली दम्पती जोसे मेरिया हर्नान्डेज र अखितोम् अभेकबुम नेपाल आएका छन्। तीन महिना घुम्ने योजनाअनुरूप भारत हुँदै नेपाल पसेका।


Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4

नगरकोट कविकुञ्ज

गर्मी याममा नगरकोट किन? काठमाडौंको उखरमाउलो गर्मी छल्न, मिठो निदाउन र टिपिकल खाना खान।

अमृत भादगाउँले

भुइँचालोपछि फ्रान्सेली दम्पती जोसे मेरिया हर्नान्डेज र अखितोम् अभेकबुम नेपाल आएका छन्। तीन महिना घुम्ने योजनाअनुरूप भारत हुँदै नेपाल पसेका।

काठमाडौंमा भत्केका घर देख्दा नमज्जा माने उनीहरूले। 'मैले भत्केका घर र मन्दिरका तस्बिर खिच्न सकिँन,' तेस्रोपटक नेपाल आएका हर्नान्डेजले यति सुनाउँदा मुहार निन्याउरो बनाए। श्रीमती अभेकबुम चाहिँ पहिलोपटक आएकी। उनीहरू अर्को साता पोखरा हुँदै अन्नपूर्ण आधारशिविर पदयात्रामा जाँदै छन्। 

पेसाले दुवै शिक्षक। दुई रात बिताउन धुलिखेलबाट शुक्रबार नगरकोट पुगेको दम्पती यहाँको शीतल हावामा रमाइरहेको छ। प्राकृतिक बगैंचाको स्वाद लुटिरहेको छ। 

'नेपाल सकिएको छैन। यस्तो बेला नेपाललाई सहयोग गर्न धेरै पर्यटक आउनुपर्छ,' शुक्रबार नगरकोट फार्म हाउसमा भेटिएको दम्पती सुनाउँदै थियो, 'हामी साथीसंगीलाई नेपाल घुम्ने सन्देश बाँड्दै छौं।'

भुइँचालोले नगरकोटको पर्यटन शून्यमा झारिदियो। त्यहाँ मुस्किलले भेटिन्छन् विदेशी। नेपाली बिस्तारै नगरकोट उकालिन थालेका छन्। सूर्योदय, सूर्यास्त र हिमाल हेर्न कहलिएको डाँडामा वर्षैभरि शीतल हुन्छ। त्यसैले काठमाडौंको उखरमाउलो गर्मी छल्न उपयुक्त छ।

काभ्रेका टुकुचा तथा नाल्दुम र भक्तपुरको नगरकोटलाई समुच्चलाई नगरकोट भनिन्छ। धेरैजसो होटल र रिसोर्ट काभ्रेतिर पर्छन्। नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेका अनुसार नगरकोट क्षेत्रमा ६० वटा होटल, रिसोर्ट र रेस्टुरेन्ट छन्। तीमध्ये आठ वटा अहिले सञ्चालनमा छन्। 

चालु अवस्थामा रहेकाहरूमा कन्ट्री भिल्ला, नगरकोट हिलसाइड भिलेज रिसोर्ट, सेरेन रिसोर्ट, भँगेरी दरबार रिसोर्ट, रोज भिल्ला, सनसाइन रिसोर्ट, मधुवन रिसोर्ट र भ्याली भ्यु रिसोर्ट छन्। कतिपय मर्मत सुधार हुँदै छन्।

'सरकारले होटलका भित्तामा स्टिकर टाँसिसकेको छैन,' लामिछानेले भने, 'भत्केका होटलले आफैं बन्द गरेका हुन्।'  

शुक्रबार बिहान १० बजे हामी (सुरेन्द्र राना र म) पुग्दा तीन जोडी नेपाली नगरकोटको टावरमुनि मोबाइलबाट सेल्फी खिच्दै थिए। नगरकोट आन्तरिक पर्यटकले भरिभराउ हुने गन्तव्य। ठूल्ठुला होटल तथा रिसोर्टहरू क्षतिग्रस्त भए पनि सडक छेउछाउका खाजाघर र खिचि्रङमिचि्रङ पसल सग्लै छन्।

ती खुलै छन्। भत्केका छैनन्। लोकल कुखुरा र ढिँडो बेच्ने पसल चालु छन्। खाँचो छ ग्राहकहरूको। भुइँचालोको ह्याङओभर कायमै छ। 'बिस्तारै पर्यटक नगरकोट उकालिँदै छन्,' लामिछाने भन्छन्, 'शुक्रबार र शनिबार नेपालीको चहलपहल हुन थालेको छ। डिप्लोम्याट र संघ संस्थामा काम गर्ने विदेशी फाट्टफुट्ट आइपुग्छन्।'

मध्याह्न नगरकोट हिलसाइड भिलेज रिसोर्टमा सफाइ चलिरहेको थियो। पर्यटनमा सुखद सन्देश सञ्चार गराउन शनिबार ५५ जना सभासदसहित रवीन्द्र अधिकारीको टोली त्यहाँ पुग्दै छ, संसदीय समितिको बैठक बस्न। 

'सभासदको नगरकोट बैठकले पर्यटनमा आशा जगाउनेछ,' रिसोर्टका व्यवस्थापक गोकुल शर्माले भने। उनले चिनियाँ पर्यटकको पनि इन्क्वाइरी आइराखेको बताए।

केही वर्षअघिसम्म नगरकोटमा बर्खा यामलाई अफसिजन मानिन्थ्यो। चिनियाँ पर्यटक बढेसँगै छ वर्षदेखि वर्षैभरि सिजन हुन थाल्यो। बर्खामा चिनियाँ र नेपालीले होटल भरिन्थे। भुइँचालोपछि न चिनियाँ आए न नेपाली। भर्खरभर्खर आन्तरिक पर्यटक त्यता सोझिन थालेका छन्।

काठमाडौंमा बस्ने युवाको मन साट्ने फूलबारी बनेको छनगरकोट। हुनेखानेहरू परिवारसहित विकेन्ड (सप्ताहन्त) मनाउन त्यहाँ पुग्छन्। विद्यार्थी र तन्नेरी वनभोज खान्छन्। नाच्छन्। गाउँछन्। रमाइलो गर्छन्।  

रंगीन छ नगरकोट (२,१७२ मिटर)। डाँडाबाट साँझ सूर्योदय देखिन्छ भने बिहान सूर्योदय र हिमाल। बर्खामा हिमाल देख्ने सम्भावना कम हुन्छ। रातभर पानी पर्‍यो भने बिहान छ्याङ्ङ खुल्छन् ती। त्यति बेला दूधे हिमाल देखिन्छन्। अरू बेला देखिनेभन्दा सुन्दर। अन्नपूर्ण, दोर्जे लाक्पा, लाङटाङ, सगरमाथादेखि नुम्बुर हिमशृंखलासम्म देखिन्छ।

नेटिफको सहयोगमा डाँडादेखि कात्तिकेसम्म अढाइ किलोमिटर लामो नेचर टे्रल बनाइएको छ। साँझबिहान नेचर टे्रलमा हिँड्दा काँडे भ्याकुर, मृग, जरायो र चितुवा भेटिन सक्छ। चराको चिरबिर त हरपल सुनिन्छ।

विद्यालय, कलेज, संघसंस्था र सरकारी कार्यालयले बेलाबेला डाँडामा गोष्ठी र तालिम चलाउँछन्। 'असारमा मात्रै आठ वटा तालिमका लागि रिसोर्ट बुक भइसक्यो,' शर्माले सुनाए। 

सांस्कृतिक पदयात्राका लागि तामाङ बस्ती रहेको नयाँ गाउँ र गैरी गाउँ छन्। बस्तीमा मकै हलक्क बढिसकेको छ। काँक्राफर्सी झुलेका छन्। आलुबखडा खान पाइन्छ। दूध, दही र मोही पाइन्छ।

सर्जकको पनि प्रिय गन्तव्य बन्दै छ, नगरकोट। ऊर्जा बढाउँछ नगरकोटले। कवि/लेखक नगरकोटमा केही दिन बस्ने चलन सुरु भएको छ। पत्रकार शेखर खरेल दुई वर्षअघि १० दिन त्यहाँ बसे। 'मैले नदेखेका हिप्पी' पुस्तकमा छापिएका केही निबन्ध त्यहीँ बस्दा लेखे। पुराना निबन्ध सम्पादन गरे।

'सिर्जना धाम बन्दै छ नगरकोट,' उनको अनुभवले भन्छ, 'एकान्तमा ध्यान केन्द्रित गरेर काम गर्न पाइन्छ।'

पर्यटनकर्मीका अनुसार एकान्त खोज्दै नगरकोट पुग्नेहरूमा नयनराज पाण्डे, नारायण ढकाल, ध्रुवचन्द्र गौतम, राजेन्द्र पराजुली, नारायण वाग्ले, महेशविक्रम शाह, कुमार नगरकोटी, युग पाठकलगायत छन्।

'लेखकहरू हप्ता दिनभन्दा बढी बस्छन्,' हिलसाइड रिसोर्टका सञ्चालक कृष्ण पराजुली भन्छन्, 'उनीहरू दोहोर्‍याइतेहेर्‍याइ आउँछन्।'

होटल तथा रिसोर्टको बसाइ महँगै हुन्छ। मध्यम खालको बजेटमा खानपिन गर्न पाइने सुविधायुक्त सिर्जनाग्राम बनाउन सके धेरै स्रष्टाले राहत पाउने थिए। प्रज्ञा प्रतिष्ठानले यता सोच्ने हो कि?

सामान्यतः विदेशी त्यहाँ एक रात बस्छन्। धेरैजसो नेपाली आएकै दिन फर्कन्छन्। विकेन्ड मनाउन जानेहरू भने रात बिताउँछन्। नगरकोटमा बसाइ लम्ब्याउन समितिले सेनाको ब्यारेक मुन्तिर रक क्लाइम्बिङ र रोप स्वीङ खेल अध्ययन गरेको छ।

नगरकोटले कहिलेसम्म सूर्योदय, सूर्यास्त र हिमालमात्रै बेच्ने? नयाँनयाँ साहसिक गतिविधि खोजेको छ डाँडोले। ध्यान, योग र अध्यात्मिक गतिविधि पनि आवश्यक छ। 

हाइकिङ र माउन्टेन बाइकिङ गर्ने ठाउँको भने दुःख छैन। नगरकोटबाट साँखु, धुलिखेल, चाँगु र चिसोपानीसम्म पुग्न सकिन्छ। काठमाडौं भ्याली कल्चरल टे्रलमा पर्छ नगरकोट। पहिलो दिन काठमाडौंको सुन्दरीजलबाट १६ किमिमा चिसोपानी पुगिन्छ। दोस्रो दिन चिसोपानीबाट नगरकोटसम्म २० किमि। तेस्रो दिन नगरकोटबाट २० किमि हिँडेर धुलिखेलमा बास। चौंथो दिन धुलिखेलबाट नमोबुद्धसम्म पदयात्रा। नमोबुद्धबाट बल्थलीतिर लागे पनि भयो वा पनौती झरे पनि। 

भुइँचालोपछि नगरकोटका कतिपय होटलले कर्मचारी कटौती गरेका छन्। कतिपय घर बिदामा छन्। हस्तकला बेच्ने पसल बन्द छन्। 'दिनु कुर्नुमात्रै छ,' हस्तकला व्यवसायी कृष्ण विकले दुःख बेसाए, 'बिजोगै छ।'

नगरकोट आन्तरिक पर्यटकबाट धानिन सक्छ। काठमाडौं उपत्यकामा लाखौं नेपाली बस्छन्। पर्यटकर्मीले उनीहरूलाई तान्ने लोभलाग्दो अभियान चलाउने उपयुक्त बेला हो यो।

घाम त नगरकोटमा पनि चर्किन्छ तर काठमाडौं जस्तो त्यहाँ गर्मी हुँदैन। उचाइमा रूखैरूख भएकाले त्यहाँ शीतल हुन्छ। त्यसैले बिदाको दिन परिवारसँगै त्यता जाने हो कि!

एउटा समस्या छ, आफ्नो सवारी साधन नहुनेले ठाउँठाउँमा गाडी फेर्दै जाँदा झन्झट हुन्छ। नगरकोटेले काठमाडौंबाट सोझै नगरकोटसम्म पर्यटक बस चलाउने दिन कहिले आऊला?

कसरी पुग्ने  :  काठमाडौंबाट दुइटा बाटा छन्। साँखु हुँदै जाँदा २६ किमि, भक्तपुर हुँदै जाँदा ३२ किमि। भक्तपुरको बाटो पक्की छ। काठमाडौंको बागबजारबाट कमलविनायक (भक्तपुर) जाने बस चढ्ने। त्यहाँबाट नगरकोट जाने बस समात्ने। नगरकोट बसपार्कबाट ओर्लेर २० मिनेट हिँडे टावर पुगिन्छ।

 

पर्यटकलाई छुट

दीपक लामिछाने

अध्यक्ष, पर्यटन विकास समिति

भूकम्पपछि नगरकोटको पर्यटन शिथिल बनेको छ। नगरकोटलाई फेरि चम्काउन हामीले आन्तरिक पर्यटकका लागि खाना र बासमा २० प्रतिशत छुट व्यवस्था गरेका छौं। विदेशी भिœयाउन भने सरकारले कूटनीतिक पहल गर्नुपर्छ। आन्तरिक पर्यटक बढाउन हामी मेहनत गर्छौं। 

 

कोठा थप्दै छौं

गोकुल शर्मा

व्यवस्थापक, हिलसाइड रिसोर्ट

नगरकोटको भविष्य उज्ज्वल देख्छु। सरकारले भत्केका होटलहरूलाई सहुलियत ऋण दिनुपर्छ। हाम्रो नगरकोट हिलसाइड भिलेज रिसोर्टमा ३६ कोठा छन्। त्यतिले नपुग्ने देखिएकाले २० वटा कोठा थप्दै छौं। बर्खालगत्तै जापानी शैलीका भूकम्प प्रतिरोधी कोठा थप्नेछौं।

 

आशावादी छौं

रुद्रबहादुर राना

व्यवस्थापक, फार्म हाउस रिसोर्ट

भूकम्पपछि अलिअलि विदेशी आइराखेका छन्। डिप्लोम्याट््सहरू ह्याङआउट हुन आउँछन्। काठमाडौंबाट कामले दिक्क भएकाहरू पनि आउन थालेका छन्। हामी आशावादी छौं। दुई हप्तामा राम्रै पिकअप लिन्छ होला।

काठमाडौंमा भत्केका घर देख्दा नमज्जा माने उनीहरूले। 'मैले भत्केका घर र मन्दिरका तस्बिर खिच्न सकिँन,' तेस्रोपटक नेपाल आएका हर्नान्डेजले यति सुनाउँदा मुहार निन्याउरो बनाए। श्रीमती अभेकबुम चाहिँ पहिलोपटक आएकी। उनीहरू अर्को साता पोखरा हुँदै अन्नपूर्ण आधारशिविर पदयात्रामा जाँदै छन्।

पेसाले दुवै शिक्षक। दुई रात बिताउन धुलिखेलबाट शुक्रबार नगरकोट पुगेको दम्पती यहाँको शीतल हावामा रमाइरहेको छ। प्राकृतिक बगैंचाको स्वाद लुटिरहेको छ।

'नेपाल सकिएको छैन। यस्तो बेला नेपाललाई सहयोग गर्न धेरै पर्यटक आउनुपर्छ,' शुक्रबार नगरकोट फार्म हाउसमा भेटिएको दम्पती सुनाउँदै थियो, 'हामी साथीसंगीलाई नेपाल घुम्ने सन्देश बाँड्दै छौं।'

भुइँचालोले नगरकोटको पर्यटन शून्यमा झारिदियो। त्यहाँ मुस्किलले भेटिन्छन् विदेशी। नेपाली बिस्तारै नगरकोट उकालिन थालेका छन्। सूर्योदय, सूर्यास्त र हिमाल हेर्न कहलिएको डाँडामा वर्षैभरि शीतल हुन्छ। त्यसैले काठमाडौंको उखरमाउलो गर्मी छल्न उपयुक्त छ।

काभ्रेका टुकुचा तथा नाल्दुम र भक्तपुरको नगरकोटलाई समुच्चलाई नगरकोट भनिन्छ। धेरैजसो होटल र रिसोर्ट काभ्रेतिर पर्छन्। नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेका अनुसार नगरकोट क्षेत्रमा ६० वटा होटल, रिसोर्ट र रेस्टुरेन्ट छन्। तीमध्ये आठ वटा अहिले सञ्चालनमा छन्।

चालु अवस्थामा रहेकाहरूमा कन्ट्री भिल्ला, नगरकोट हिलसाइड भिलेज रिसोर्ट, सेरेन रिसोर्ट, भँगेरी दरबार रिसोर्ट, रोज भिल्ला, सनसाइन रिसोर्ट, मधुवन रिसोर्ट र भ्याली भ्यु रिसोर्ट छन्। कतिपय मर्मत सुधार हुँदै छन्।

'सरकारले होटलका भित्तामा स्टिकर टाँसिसकेको छैन,' लामिछानेले भने, 'भत्केका होटलले आफैं बन्द गरेका हुन्।'

शुक्रबार बिहान १० बजे हामी (सुरेन्द्र राना र म) पुग्दा तीन जोडी नेपाली नगरकोटको टावरमुनि मोबाइलबाट सेल्फी खिच्दै थिए। नगरकोट आन्तरिक पर्यटकले भरिभराउ हुने गन्तव्य। ठूल्ठुला होटल तथा रिसोर्टहरू क्षतिग्रस्त भए पनि सडक छेउछाउका खाजाघर र खिचि्रङमिचि्रङ पसल सग्लै छन्।

ती खुलै छन्। भत्केका छैनन्। लोकल कुखुरा र ढिँडो बेच्ने पसल चालु छन्। खाँचो छ ग्राहकहरूको। भुइँचालोको ह्याङओभर कायमै छ। 'बिस्तारै पर्यटक नगरकोट उकालिँदै छन्,' लामिछाने भन्छन्, 'शुक्रबार र शनिबार नेपालीको चहलपहल हुन थालेको छ। डिप्लोम्याट र संघ संस्थामा काम गर्ने विदेशी फाट्टफुट्ट आइपुग्छन्।'

मध्याह्न नगरकोट हिलसाइड भिलेज रिसोर्टमा सफाइ चलिरहेको थियो। पर्यटनमा सुखद सन्देश सञ्चार गराउन शनिबार ५५ जना सभासदसहित रवीन्द्र अधिकारीको टोली त्यहाँ पुग्दै छ, संसदीय समितिको बैठक बस्न।

'सभासदको नगरकोट बैठकले पर्यटनमा आशा जगाउनेछ,' रिसोर्टका व्यवस्थापक गोकुल शर्माले भने। उनले चिनियाँ पर्यटकको पनि इन्क्वाइरी आइराखेको बताए।

केही वर्षअघिसम्म नगरकोटमा बर्खा यामलाई अफसिजन मानिन्थ्यो। चिनियाँ पर्यटक बढेसँगै छ वर्षदेखि वर्षैभरि सिजन हुन थाल्यो। बर्खामा चिनियाँ र नेपालीले होटल भरिन्थे। भुइँचालोपछि न चिनियाँ आए न नेपाली। भर्खरभर्खर आन्तरिक पर्यटक त्यता सोझिन थालेका छन्।

काठमाडौंमा बस्ने युवाको मन साट्ने फूलबारी बनेको छ— नगरकोट। हुनेखानेहरू परिवारसहित विकेन्ड (सप्ताहन्त) मनाउन त्यहाँ पुग्छन्। विद्यार्थी र तन्नेरी वनभोज खान्छन्। नाच्छन्। गाउँछन्। रमाइलो गर्छन्।

रंगीन छ नगरकोट (२,१७२ मिटर)। डाँडाबाट साँझ सूर्योदय देखिन्छ भने बिहान सूर्योदय र हिमाल। बर्खामा हिमाल देख्ने सम्भावना कम हुन्छ। रातभर पानी पर्योट भने बिहान छ्याङ्ङ खुल्छन् ती। त्यति बेला दूधे हिमाल देखिन्छन्। अरू बेला देखिनेभन्दा सुन्दर। अन्नपूर्ण, दोर्जे लाक्पा, लाङटाङ, सगरमाथादेखि नुम्बुर हिमशृंखलासम्म देखिन्छ।

नेटिफको सहयोगमा डाँडादेखि कात्तिकेसम्म अढाइ किलोमिटर लामो नेचर टे्रल बनाइएको छ। साँझ–बिहान नेचर टे्रलमा हिँड्दा काँडे भ्याकुर, मृग, जरायो र चितुवा भेटिन सक्छ। चराको चिरबिर त हरपल सुनिन्छ।

विद्यालय, कलेज, संघसंस्था र सरकारी कार्यालयले बेलाबेला डाँडामा गोष्ठी र तालिम चलाउँछन्। 'असारमा मात्रै आठ वटा तालिमका लागि रिसोर्ट बुक भइसक्यो,' शर्माले सुनाए।

सांस्कृतिक पदयात्राका लागि तामाङ बस्ती रहेको नयाँ गाउँ र गैरी गाउँ छन्। बस्तीमा मकै हलक्क बढिसकेको छ। काँक्रा–फर्सी झुलेका छन्। आलुबखडा खान पाइन्छ। दूध, दही र मोही पाइन्छ।

सर्जकको पनि प्रिय गन्तव्य बन्दै छ, नगरकोट। ऊर्जा बढाउँछ नगरकोटले। कवि/लेखक नगरकोटमा केही दिन बस्ने चलन सुरु भएको छ। पत्रकार शेखर खरेल दुई वर्षअघि १० दिन त्यहाँ बसे। 'मैले नदेखेका हिप्पी' पुस्तकमा छापिएका केही निबन्ध त्यहीँ बस्दा लेखे। पुराना निबन्ध सम्पादन गरे।

'सिर्जना धाम बन्दै छ नगरकोट,' उनको अनुभवले भन्छ, 'एकान्तमा ध्यान केन्द्रित गरेर काम गर्न पाइन्छ।'

पर्यटनकर्मीका अनुसार एकान्त खोज्दै नगरकोट पुग्नेहरूमा नयनराज पाण्डे, नारायण ढकाल, ध्रुवचन्द्र गौतम, राजेन्द्र पराजुली, नारायण वाग्ले, महेशविक्रम शाह, कुमार नगरकोटी, युग पाठकलगायत छन्।

'लेखकहरू हप्ता दिनभन्दा बढी बस्छन्,' हिलसाइड रिसोर्टका सञ्चालक कृष्ण पराजुली भन्छन्, 'उनीहरू दोहोर्यापइ–तेहेर्याहइ आउँछन्।'

होटल तथा रिसोर्टको बसाइ महँगै हुन्छ। मध्यम खालको बजेटमा खानपिन गर्न पाइने सुविधायुक्त सिर्जनाग्राम बनाउन सके धेरै स्रष्टाले राहत पाउने थिए। प्रज्ञा प्रतिष्ठानले यता सोच्ने हो कि?

सामान्यतः विदेशी त्यहाँ एक रात बस्छन्। धेरैजसो नेपाली आएकै दिन फर्कन्छन्। विकेन्ड मनाउन जानेहरू भने रात बिताउँछन्। नगरकोटमा बसाइ लम्ब्याउन समितिले सेनाको ब्यारेक मुन्तिर रक क्लाइम्बिङ र रोप स्वीङ खेल अध्ययन गरेको छ।

नगरकोटले कहिलेसम्म सूर्योदय, सूर्यास्त र हिमालमात्रै बेच्ने? नयाँनयाँ साहसिक गतिविधि खोजेको छ डाँडोले। ध्यान, योग र अध्यात्मिक गतिविधि पनि आवश्यक छ।

हाइकिङ र माउन्टेन बाइकिङ गर्ने ठाउँको भने दुःख छैन। नगरकोटबाट साँखु, धुलिखेल, चाँगु र चिसोपानीसम्म पुग्न सकिन्छ। काठमाडौं भ्याली कल्चरल टे्रलमा पर्छ नगरकोट। पहिलो दिन काठमाडौंको सुन्दरीजलबाट १६ किमिमा चिसोपानी पुगिन्छ। दोस्रो दिन चिसोपानीबाट नगरकोटसम्म २० किमि। तेस्रो दिन नगरकोटबाट २० किमि हिँडेर धुलिखेलमा बास। चौंथो दिन धुलिखेलबाट नमोबुद्धसम्म पदयात्रा। नमोबुद्धबाट बल्थलीतिर लागे पनि भयो वा पनौती झरे पनि।

भुइँचालोपछि नगरकोटका कतिपय होटलले कर्मचारी कटौती गरेका छन्। कतिपय घर बिदामा छन्। हस्तकला बेच्ने पसल बन्द छन्। 'दिनु कुर्नुमात्रै छ,' हस्तकला व्यवसायी कृष्ण विकले दुःख बेसाए, 'बिजोगै छ।'

नगरकोट आन्तरिक पर्यटकबाट धानिन सक्छ। काठमाडौं उपत्यकामा लाखौं नेपाली बस्छन्। पर्यटकर्मीले उनीहरूलाई तान्ने लोभलाग्दो अभियान चलाउने उपयुक्त बेला हो यो।

घाम त नगरकोटमा पनि चर्किन्छ तर काठमाडौं जस्तो त्यहाँ गर्मी हुँदैन। उचाइमा रूखैरूख भएकाले त्यहाँ शीतल हुन्छ। त्यसैले बिदाको दिन परिवारसँगै त्यता जाने हो कि!

एउटा समस्या छ, आफ्नो सवारी साधन नहुनेले ठाउँठाउँमा गाडी फेर्दै जाँदा झन्झट हुन्छ। नगरकोटेले काठमाडौंबाट सोझै नगरकोटसम्म पर्यटक बस चलाउने दिन कहिले आऊला?

कसरी पुग्ने : काठमाडौंबाट दुइटा बाटा छन्। साँखु हुँदै जाँदा २६ किमि, भक्तपुर हुँदै जाँदा ३२ किमि। भक्तपुरको बाटो पक्की छ। काठमाडौंको बागबजारबाट कमलविनायक (भक्तपुर) जाने बस चढ्ने। त्यहाँबाट नगरकोट जाने बस समात्ने। नगरकोट बसपार्कबाट ओर्लेर २० मिनेट हिँडे टावर पुगिन्छ।

पर्यटकलाई छुट
दीपक लामिछाने
अध्यक्ष, पर्यटन विकास समिति

भूकम्पपछि नगरकोटको पर्यटन शिथिल बनेको छ। नगरकोटलाई फेरि चम्काउन हामीले आन्तरिक पर्यटकका लागि खाना र बासमा २० प्रतिशत छुट व्यवस्था गरेका छौं। विदेशी भिœयाउन भने सरकारले कूटनीतिक पहल गर्नुपर्छ। आन्तरिक पर्यटक बढाउन हामी मेहनत गर्छौं।

कोठा थप्दै छौं
गोकुल शर्मा
व्यवस्थापक, हिलसाइड रिसोर्ट

नगरकोटको भविष्य उज्ज्वल देख्छु। सरकारले भत्केका होटलहरूलाई सहुलियत ऋण दिनुपर्छ। हाम्रो नगरकोट हिलसाइड भिलेज रिसोर्टमा ३६ कोठा छन्। त्यतिले नपुग्ने देखिएकाले २० वटा कोठा थप्दै छौं। बर्खालगत्तै जापानी शैलीका भूकम्प प्रतिरोधी कोठा थप्नेछौं।

आशावादी छौं
रुद्रबहादुर राना
व्यवस्थापक, फार्म हाउस रिसोर्ट
भूकम्पपछि अलिअलि विदेशी आइराखेका छन्। डिप्लोम्याट्सहरू ह्याङआउट हुन आउँछन्। काठमाडौंबाट कामले दिक्क भएकाहरू पनि आउन थालेका छन्। हामी आशावादी छौं। दुई हप्तामा राम्रै पिकअप लिन्छ होला।

प्रकाशित: २९ जेष्ठ २०७२ २१:३३ शुक्रबार