गोरखा– पाँच वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा खोप्लाङ गाविस ३, बरसरेका १६ वर्षिय गणेश नेपाली पक्राउ परेका छन्। मंगलवार दिउँसो बालिकालाई घरमा कोही पनि नभएको समयमा ललाई फकाई गरी घर नजिकै असुरो घारीमा लगी नेपालीले बलात्कार गरेको पीडित बालिकाले बताइन्। बालिकाले आमा सँग सो कुरा बताएपछि पीडित परिवारले प्रहरीमा उजुरी गरेको हो।प्रहरीले बालिकालाई गोरखा अस्पतालमा चेकजाँच गर्दा बलात्कार भएको पुष्टि भएको छ। घटनामा संलग्न परियारलाई जिल्ला अदालतबाट बुधवार १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी रमेस थापाले बताए ।
प्रकाशित: ३० पुस २०७१ ०१:३० बुधबार