अन्य

गोली प्रहारबाट एक जना घाइते

नेपालगन्ज— बाँकेको हिरिमिनिया स्थित बकौलीमा कटुवा पेस्तोल प्रहारबाट एक व्यक्ति घाईते भएका छन्। बुधबार राती करिव १ बजेतिर भएको गोली प्रहारबाट स्थानीय ५१ बर्षिय गोब्रे कामी घाइते भएका हुन्। घाइतेको अवस्था गम्भीर भएको र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुशीलसिंह राठौरले जानकारी दिए।घाइतको पेटमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ। गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताए। घाइतेका आफन्तले व्यक्तिगत रिसिबीका कारण गाउँकै सुशील कुर्मी, महेश पासी लगायतको समुहले गोली हानेको आरोप लगाएका छन्।

प्रकाशित: १७ पुस २०७१ ०२:१० बिहीबार