मदिरा सेवन गरेर कार्यक्रम भाँड्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि हातपात गरेका थिए। वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हेम शाहीको नेतृत्वमा रहेको प्रहरी टोलीले मेजर र क्याप्टेनलाई पक्राउ गरेर करिब अढाई घण्टा कार्यालयमा थुनेको थियो। प्रहरीले अबेर राती राँझाबाट वडा प्रहरी कार्यालय पुगेको नेपाली सेनाको टोलीलाई कागज गराएर जिम्मा लगाएको इन्चार्ज शाहीले जानकारी दिए ।
'मदिरा खाएर अमर्यादित गतिविधी गरिरहेको फेला पारेपछि पक्राउ गरेका थियौं, पछि विस्तारै बुझ्दै जादाँ नेपाली सेनाको जिम्मेवार पदमा आसिन व्यक्ति हुनु भएको कुरा थाहा भयो,' शाहीले भने। पक्राउ परेका दुवैलाई नेपाली सेनाले सैनिक ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएर लगेको उनले बताए।
प्रकाशित: १७ पुस २०७१ ०२:०३ बिहीबार