अन्य

अज्ञात समूहद्वारा युवकमाथि गोली प्रहार

दाङ- अज्ञात समूहले दाङमा एक युवकमाथि गोली प्रहार गरेको छ। घोराही १० लालीगुराँस टोलका पद्म चन्द सेन ठकुरीमाथि एक समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ओमबहादुर रानाले जानकारी दिए।

ठकुरीको कोखामा एउटा र छातीमा एउटा गरी दुईवटा गोली लागेको रानाले जानकारी दिए। घाइतेलाई उपचारका लागि कोहलपुर लगिएको छ। ठकुरीमाथि गोली हान्ने समूहको पहिचान भइनसकेको प्रहरीले जनाएको छ। ठकुरीलाई बुधबार राति घर नजिकै गोली प्रहार गरिएको थियो।

प्रकाशित: ५ चैत्र २०७० २१:१८ बुधबार