जाजरकोट- जाजरकोटमा तीन जना चरेश तस्करहरु पक्राउ परेका छन्। जिल्लाको पश्चिमी गाविस कार्कीगाँउ (३ बस्ने बर्ष २८ को सहवीर खत्रीलाइ १ किलो ९०० ग्राम चरेश सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।यसैगरि शुक्रवार जिल्ला प्रहरी कार्यालय जाजरकोट र प्रहरी चौकी छेडाबाट संयुक्तरुपमा खटिएको विशेष प्रहरी टोलीले सुर्खेतको घोरेटा (२ का रिके खत्री र बजेडीचौर – ५का भद्र बहादुर सिंहलाई जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा पर्ने सिमा – ९ स्यापी जंगलवाट ५ किलो ३०० ग्राम चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी दानवहादुर मल्लले बताए। उनले जिल्लामा लुकीछिपी चरेशको तस्करी बढेकोले यसलाइ निर्मुल पार्न प्रहरीले विशेष अभियान नै चलाएको बताए। उनले गत १ महिना देखि प्रहरीले लागुऔषध वेचविखन, ओसार पसार तथा दुर्व्यसनी विरुद्ध अभियान चलाएको र सोहि अभियानकै क्रममा तस्करहरु पक्राउ परेको बताए।
प्रकाशित: १४ फाल्गुन २०७२ ०४:३७ शुक्रबार